इलाम– स्कुलबाट घर फर्किदै गरेकी बालिकाको भुइँमा खसेको बिजुलीको तारबाट करेन्ट लागेर मृत्यु भएको छ ।
घटना ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा ३ को हो । स्थानीय साङ्गे शेर्पाकी सात वर्षीया छोरी मंसिरीको मृत्यु भएको प्रहरीले जनाएको छ । बालिकालाई ताप्लेजुङ जिल्ला अस्पतालले मृत घोषणा गरेको छ ।
जिल्ला प्रहरी प्रमुख डिएसपी रवि रावलका अनुसार स्कुलबाट फर्किंदैगर्दा बाटैमा खसेको बिजुलीको तार छुन पुगेपछि उनलाई करेन्ट लागेको थियो ।
बालिकाको शव पोस्टमार्टमपछि आफन्तले जिम्मा लिएका छन् । नेपाल विद्युत् प्राधिकरणले कानुनबमोजिम क्षतिपूर्ति दिने भएको डिएसपी रावलले बताए ।
यो गाउँमा दुई वर्षअघि पनि यस्तै तरिकाले करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति : ६ मंसिर २०८१, बिहिबार ३ : ३० बजे
प्रतिक्रिया