फिदिम । गैर सरकारी संस्था (गैसस) महासंघ, पाँचथर शाखाको नेतृत्वमा क्षोमाया तामाङ निर्वाचित भएकी छन । गैससकर्मिहरुको छाता संगठन गैसस-महासंघ पाँचथर शाखाको शुक्रबार जिल्ला सदरमुकाम फिदिममा सम्पन्न भएको आठौं जिल्ला अधिवेशन तथा नागरिक सम्मेलनले तामाङको नेतृत्व १६ सदस्यिय कार्य समिति गठन गरेको छ। उपाध्यक्षमा कमलकुमारी योङहाङ, सचिवःअधिवक्ता,सहमान विश्वकर्मा, सहसचिवः प्रदिप भन्डारी, कोषाध्यक्षः भाष्कर रिजाल निर्वाचित भएका हुन ।
सदस्यहरुमा कुशल गुरुङ, सहरमान तामाङ, रचना नेम्बाङ (कुरुम्बाङ), तेजमाया नेम्बाङ (लिबाङ), विष्णु प्रसाद अधिकारी, ईन्जिनिय,आशिस आङ्बो, जितेन चेम्जोङ, ईश्वरी निरौला, लोकबहादुर रिमाल, विमला नेम्बाङ आङदेम्बे र सन्दिप तुम्रोक निर्वाचित भएका हुन ।
अधिवेशन तथा नागरिक सम्मेलनको उद्घाटन महासंघका केन्द्रिय अध्यक्ष रामप्रसाद सुवेदीले गरेका थिए । कार्यक्रमा जिसस पाँचथरका प्रमुख रामराज आङ्देम्बे, फिदिम नगर प्रमुख मित्र प्रसाद काफ्ले, नेपाली कांग्रेस पाँचथरका सभापति रुपनारायण जबेगु, एमालेका जिल्ला कमिटी उपसचिव तुलसी थापा, माओबादी केन्द्रका जिल्ला अध्यक्ष विशाल रसाईली, जसपा पाँचथरका अध्यक्ष लक्ष्मण लावती, राप्रपा पाँचथरका प्रवक्ता ओम बजगाई, जिल्ला प्रशासन कार्यालय पाँचथरका नायव सुब्वा प्रकाश अधिकारी, संस्थापक अध्यक्ष प्रेम ओझा, संस्थापक सचिव सुर्यकुमार निरौला र नेपाल पत्रकार महासंघ पाँचथर शाखाका अध्यक्ष गिरिराज बास्कोटाले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा महासंघका महासचिव अर्जुन भट्टराई, उपसचिव उमेश विश्वकर्मा, केन्द्रिय सदस्य एवं कोशी प्रदेश ईन्चार्ज छविलाल खतिवडा, उपाध्यक्ष बालकृष्ण ओझा लगायतको उपस्थित रहेको थियो ।
अधिवेशन एवं नागरिक सम्मेलनमा जिल्लाका ४० वटा क्रियाशिल संस्थाका ८० जना प्रतिनिधिहरु तथा गैससकर्मिहरुको भेला रहेको उद्घाटन कार्यक्रमका अध्यक्ष नन्द नेम्बाङले जानकारी दिएका छन। नवनिर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई केन्द्रिय अध्यक्ष रामप्रसाद सुवेदीले सपथ गराएका थिए भने निर्वाचन अधिकृत अधिवक्ता, युधिष्ठिर राज आमगाईले निर्वाचित भएको प्रमाण पत्र प्रदान गरेको निवर्तमान सचिव पुन्यप्रसाद सेढाईले बताए ।
प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार २ : ११ बजे
प्रतिक्रिया