पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

१५ कार्तिक, पाँचथर । पाँचथरको सदरमुकाम फिदिम वजारमा प्रदेश स्तरीय फोटो प्रदर्शनी तथा फोटो प्रतियोगिता बुधबार सम्पन्न भएको छ ।

फोटो पत्रकार महासंघ, पाँचथरको आयोजनामा सम्पन्न फोटाे प्रदर्शनी तथा प्रतियोगिताका लागि ४८ ओटा फोटोहरु फ्रेममा सजावट सहित प्रदर्शन गरिएको थियो । दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा जैविक विविधता र पर्यापर्यटनसँग सम्बन्धित छनौट भएका फोटोहरु प्रदर्शनमा राखिएको फाेटाे पत्रकार महासंघ पाँचथरका अध्यक्ष भवानी तावाले बताए ।

फिदिम वजार स्थित विपि पार्कमा आयोजित कार्यक्रमको मंगलबार फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले उद्घाटन गरेका थिए । कार्यक्रममा राखिएका फोटोहरु जिल्ला स्थित राजनीतिक दलका नेता, कार्यालय प्रमुखहरु, व्यावसायी सहित सर्वसाधारणले समेत अवलोकन गरेका थिए ।

प्रतियोगिता तर्फ खोटाङका सरोज चाम्लिङले प्रथम स्थान हाँसिल गरे । उनले नगद २० हजार पुरस्कार हात पारे । द्धितीय स्थान हाँसिल गरेका संखुवासभाका गंगा विष्टले नगद १५ हजार हात पारे । यसै गरी, काठमाण्डौका एलपि तोलाङले तृतीय स्थान हाँसिल गरे । उनले नगद रु १० हजार पुरस्कार हात पारे भने उदयमान फोटोग्राफरको रुपमा पाँचथरका सुगम ढुंगानालाई नगद रु ५ हजार सहित पुरस्कृत गरिएको अध्यक्ष तावाले जानकारी दिए ।

समापन सत्रका प्रमुख अतिथि संविधानसभा सदस्य तथा नेपाली काँग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्बे, नेकपा माओवादी प्रदेश समिति अध्यक्ष हर्कबहादुर नेम्बाङ मिक्सो लगायतका अतिथिहरुले पुरस्कार वितरण गरेका थिए ।

पर्यटनको विकासमा टेवा पु¥याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको महासंघका सचिव दिपक बोहोराले जानकारी दिए । उनका अनुसार प्रदर्शनीमा ६ सय भन्दा वढिले फोटोहरुको अवलोकन गरेका थिए ।

कार्यक्रम पर्यटन कार्यालय काकरभिट्टाको सहयोगमा आयोजना भएको हो ।

तस्विर साैजन्य : दिपक बाेहाेरा

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहिबार  ३ : ५४ बजे