फिदिम । पाँचथरको फिदिम नगरपालिका ६ सिवामा अरिङालको टोकाईबाट एक युवकको मृत्यु भएको छ । सिवाका २६ बर्षीय सुभराज तुम्रोकलाई अरिङालले टोक्दा विहिबार मृत्यु भएको हो ।
बुधबार साँझ जंगलमा रहेको अरिङाल झार्ने क्रममा सुभराजलाई अरिङालले टोक्दा घाईते भएका थिए । अरिङालले टोकेर सिकिस्त भएका उनको बिहिबार घरमै मृत्यु भएको हो ।
अरिङालको टोकाईबाट सिकिस्त बनेका सुभराजलाई गाँउकै एक मेडिकलमा उपचार गरेर घरमै राखिएको थियो । अवस्था गम्भिर बनेपछि उपचारका लागि फिदिम ल्याउने तयारी भईरहेको बेला बिहिबार घरमै उनको मृत्यु भएको थियो ।
घटनाको बिषयमा थप अनुसन्धान भईरहेको र उनको शव जिल्ला अस्पताल पाँचथरमा पोष्टमार्टमका लागि राखिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार ११ : २० बजे
प्रतिक्रिया