पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

३ कार्तिक, पाँचथर । फाल्गुनन्द गाउँपालिका वडा नं. ६ र ७ को संगम स्थलमा रहेकाे वसागुँमा द्धितीया मेलाको अवसरमा कार्तिक १८ गतेदेखि भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।

स्थानीय त्रिवेणी यूवा क्लब नेपालद्धारा आयोजना हुने अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा १५ टिमको सहभागिता रहने क्लबले जानकारी दिएको छ । क्लबका अध्यक्ष बसन्त आङदेम्बेका अनुसार प्रतियोगिताको विजेताले नगद १ लाख २५ हजार १ सय २५ रुपैयाँ हात पार्नेछ भने उपबिजेताले नगद ७५ हजार १ सय ७५ रुपैयाँ सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ ।

प्रतियोगिताको वेष्ट प्लेयरले नगद ५ हजार ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ । यसै गरी, वेष्ट लिब्रो, सेटर, ब्लकर र स्पाईकरले जनही २ हजार ५ सय नगद सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

दिपावली मेलाकाे अवसरमा केलाङ प्रतियोगिता समेत आयोजना हुने द्धितिया मेला व्यवस्थापन समितिका अध्यक्ष अमर आङदेम्बेले बताए । केलाङ प्रतियोगिताको विजेताले नगद रु १७ हजार ५ सय र उपविजेताले १२ हजार ५ सय सहित प्रमाण पत्र प्राप्त गर्ने अध्यक्ष आङदेम्बेले जानकारी दिए ।

प्रतियोगितालाई फाल्गुनन्द गाउँपालिका वडा नं. ६ र ७ ले प्रवद्धन गरेका छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  ८ : ०५ बजे