पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

नारायण तुम्बापो

फिदिम । पाँचथर जिल्ला फिदिम नगरपालिका वडा नं. २ ओदिन स्थितको आदर्श आधारभूत विद्यालयका आवासीय विद्यार्थीलाई नेपाल निजामती कर्मचारी युनियन पाँचथरले न्यानो कपडा वितरण गरेको छ । आफ्नो २४औं स्थापना दिवसको अवसरमा युनियनले बुधबार २० हजार मुल्य बराबरको १४ सेट न्यायो कपडा (ट्रयाकसुट) वितरण गरेको हो ।
सरकारी सेवा प्रवाहसंगै समाज सेवा पनि आफुहरुको कर्तव्य सम्झेर कपडा वितरण गरिएको युनियन पाँचथर अध्यक्ष लक्ष्मी बाँस्कोटाले बताउनु भयो । काँग्रेस पाँचथर सभापति रुपनारायण जवेगुको प्रमुख आतिथ्यता रहेको एक कार्यक्रमबाट कपडा वितरण गरिएको थियो । सभापति जवेगुले नमुना शिक्षा प्रदान गरेर उत्कृष्ठ विद्यार्थी उत्पादन गर्नमा विद्यालयलाई सफलता मिलोस भन्ने शुभकामना व्यक्त गर्नुभयो ।

कपडा वितरण कार्यक्रममा युनियनका सुजन बाँस्कोटा, विनय रम्तेलका साथै अभिभावक रामचन्द्र नेपाल, विरबहादुर लिम्बु, जयप्रसाद तुम्बापो लगायतको उपस्थिती थियो । कपडा प्रदान गरेर सहयोग पुर्याउने युनियनप्रति विद्यालय व्यवस्थापन समिति अध्यक्ष देवि तुम्बापोले धन्यवाद व्यक्त गर्नुभयो । यहाँको आवासीय कक्षामा विभिन्न ठाउँका २० जना अनाथ असहाय बालबालिका अध्ययनरत रहेका छन् ।

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार  ७ : ४१ बजे