पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

१८ भदौ, काठमाडौं । अफ्रिकी मुलुक कंगोको एक कारागारमा भागदौड मच्चिदा १२९ जनाको मृत्यु भएको छ । 

७ वर्षअघि ४ हजार कैदीबन्दीलाई राख्न सकिने गरी निर्माण भएको देशकै सबैभन्दा ठुलो कारागारमा चेतावनीस्वरुप गोली चलाउँदा भएको भागदौडमा उक्त हताहती भएको हो । बीबीसीका अनुसार, किन्शासाको मकाला जेलबाट भाग्न खोज्ने २४ जनाको गोली लागेर मृत्यु भएको थियो । अन्य सबैको भाग्ने क्रममा लडेर, निसास्सिएर मृत्यु भएको हो ।  

कंगोका आन्तरिक मन्त्री ज्याकमिन शाबानीले घटनामा ५९ जना घाइते भएको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।  

उक्त कारागारमा करिब १२ हजार कैदीबन्दी रहेको बताइएको छ ।  

भागदौडपछिको असहज अवस्थामा कारागारभित्र रहेका महिलाहरूको बलात्कारसमेत भएको भन्दै अधिकारकर्मीहरुले आवाज उठाएका छन् ।

नागरिक दैनिकवाट

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  ८ : ३१ बजे