पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

११ भदौ, पाँचथर । अखिल (क्रान्तिकारी) काे जिल्ला अध्यक्षमा चित्रकला हाङसरुम्बा निर्वाचित भएकी छिन् । नेकपा माओवादीको भातृ संगठन क्रान्तिकारीको सोमबार जिल्ला सदरकमुकाम फिदिम वजारमा सम्पन्न १३ औं जिल्ला अधिवेशनले हाङसरुम्बाको नेतृत्वमा ३१ सदस्यीय जिल्ला समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा मिङसोहाङ लोवा, विमला ताम्लिङ, विमला राई र चन्द्रहाङ लावतीलाई चयन भएका छन् । यसै गरी, सचिवमा चन्द्रप्रकाश तुम्बापो, सहसचिवद्धय सुनिल रिमाल र मदन तुम्बापोका साथै कोषाध्यक्षमा बिनुका राई निर्वाचित भएका छन् ।

समितिको सदस्यहरुमा निश्चल बाँस्कोटा, विनोद कँडेल, रोदन चेम्जोङ्ग, लगन कुमार न्यौपाने, मिल्टन राई र सन्दिप खुदाङ निर्वाचित भएका छन् । निर्वाचित अन्य सदस्यहरु सुजन तामाङ्ग, बुद्ध केरुङ्ग, प्रमोद बाँस्कोटा, दीपा अङ्थुपो, अप्सन आङदेम्बे, युका राई र आकृति नेम्वाङ्ग रहेका छन् । यसै गरी, मिक्सम लिम्बू, रोशन लिम्बू, जितेन चेम्जोङ्ग, सुस्मा तुम्बापो, लक्ष्मी चेम्जोङ्ग र अन्जु शेर्मा समेत जिल्ला सदस्यका चयन भएका छन् । सवै क्षेत्रलाई समेटेर समिति गठन गरिएकाे र बाँकी तीन जना सदस्य निर्वाचित समितले मनाेनयन गर्ने क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य सूर्यमान बेघाले जानकारी दिए ।

अधिवेशन आयोजक समितिका अध्यक्ष सन्दिप तुम्रोकको अध्यक्षतामा सम्पन्न अधिवेशनको उद्घाटन सत्रलाई कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादीका पोलिट व्यूरो सदस्य इन्द्र आङबो मौसम लगायतका नेताहरुले संबोधन गरेका थिए ।

सम्मेलनमा जिल्लाका आठ ओटै स्थानीय तहवाट विद्यार्थीहरु सहभागी भएका थिए । जिल्ला सम्मेलन आयोजना गर्न पूर्व विद्यालय तथा क्याम्पस र पालिका स्तरीय सम्मेलन आयोजना गरी प्रतिनिधि छनोट गरिएको विद्यार्थी नेता बेघाले जानकारी दिए ।

तस्विर साैजन्य- सूर्यमान बेघा

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  ८ : ४१ बजे