पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

६ भदौ, पाँचथर । निर्माण ब्यवसायी संघ पाँचथरको अध्यक्षमा बल थापा मगर निर्वाचित भएका छन् । बुधबार फिदिममा सम्पन्न ११ औं जिल्ला अधिवेशनवाट थापाको अध्यक्षमा १५ सदस्यीय समिति गठन भएको हो ।

जिल्ला सदरमुकाम फिदिममा सम्पन्न अधिवेशनवाट निर्वाचित समितिको बरिष्ठ उपाध्यक्ष शुर्यप्रकाश बाँस्कोटा र उपाध्यक्ष शंकर थापा मगर चयन भएका छन् । यसै गरी, महासचिव दिपेन योक्पाङदेन, उपमहासचिव पुर्ण आङदेम्बे र कोषाध्यक्षमा देवेन्द्र अधिकारी निर्वाचित भएका छन् ।

समितिका सदस्यहरुमा शैलेन्द्र कुरुम्बाङ, बिरेन्द्रकुमार श्रेष्ठ, सुजन नेम्बाङ, डिल्ली आले र राजन काफ्ले निर्वाचित भएका छन् । यसै गरी, शिव अधिकारी, होम थापा, नरेन्द्रकुमार फियाक र देवीकुमारी ढुंगाना सदस्य चयन भएका छन् ।

अधिवेशनको उद्घाटन सत्रलाई संबोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि फिदिम नगरपालिका प्रमुख मित्रप्रसाद काफ्लेले निर्माण व्यावसायीहरुले तोकिएको मापदण्ड पालना गर्दै समयमा काम सम्पन्न गरी मुलुकको विकासमा टेवा पुर्रयाउनु पर्ने बताए ।

अधिवेशनको उद्घाटन सत्र संघका निवर्तमान अध्यक्ष विरेन्द्र नेम्बाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहिबार  ९ : ०२ बजे