पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

५ भदौ, पाँचथर । अन्तराष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिता– २०८१ मा सगरमाथा युथ क्बल मोरङ सेमिफाईनलमा प्रवेश गरेको छ । जिल्ला सदरमुकाम फुङलिङ स्थित भानु माविको खेलमैदानमा बुधबार भएको तेस्रो क्वाटर फाईनलमा बुटवल लुम्बिनी फुटबल क्बल बुटवललाई १–० गोलले पराजित गर्दै मोरङ सेमिफाईनल प्रवेश गरेको हो ।

मोरङका लागि सुशिल राईले खेलको १८ औं मिनेटमा गरेको एक मात्र गोल नै निर्णाय बन्यो । थ्रोवाट विपक्षी डिफेण्डरलाई विट गर्दै आएको वललाई मोरङका मिलन राईले नियन्त्रणमा लिँदै गरेको प्रहारलाई बुटवलका गोलकिपर विनय श्रेष्ठले पञ्ज गर्दै बचाउ गरेका थिए । डिबक्सभित्र अनमार्क रहेका सुशिलले सो रिबाण्ड बललाई जारी चुमाउँदै आफ्नो टिमलाई सुरुवाती अग्रता दिलाए । बाँकी समयमा दुवै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा पहिलो हाफ १–० को नजितामा टुंगिएको थियो ।

दोस्रो हाफमा दुवै टोलीले आक्रमक फुटबल पस्के पनि कुनै गाेल हुन सकेन। खेलको अन्त्यतिर मोरङले सुन्दर अवसर खेर फाल्यो । खेलको ८९ औं मिनेटमा विजय भुजेलले वान भर्सेस वानमा गरेको शक्तिशाली प्रहार गोलपोष्ट बाहिर गयो । दुवै टोलीले गोलको अवसर सिर्जना गरे पनि फिनिसिङमा चुक्दा पहिलो हाफमा भएको एकमात्र गोल नै निर्णायक बन्यो ।

नेपाल सुपरलिग समेत खेलिसकेको बुटवलले अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा पहिलो खेलवाट नै विदा भयो । विदेशी खेलाडी सहित मैदान उत्रिएको वुटवलले बल पोजिसन राखे पनि गोल गर्न नसक्दा हार व्यहोर्न बाध्य भयो ।

खेलको म्यान अफ दि म्याच मोरङका अशोक खवास बने । उनलाई प्रतियोगिता आयोजक लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष देवराज गुरुङले नगद रु ५ हजार पुरस्कार प्रदान गरे ।

प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५१ हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र हात पार्ने छन् । सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार र अन्य सर्वाधिक गोलकर्ता, उत्कृष्ट फरवार्र्ड, उदयमान खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई जनही १० हजार पुरस्कार प्रदान गरिने आयोजक समितिका अध्यक्ष गुरुङले बताए । प्रतियोगिता आयोजना गर्न कुल ५७ लाख खर्च हुने अनुमान गरिएको अध्यक्ष गुरुङले जानकारी दिए ।

विहिबार हुने अन्तिम क्वाटर फाईनल खेल:
त्रिभूवन आर्मी फुटबल क्बल काठमाण्डौ विरुद्ध विर्तामोड युनाईटेड फुटबल क्बल झापा

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार  ८ : ३७ बजे