पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

नारायण तुम्वापो

फिदिम । फिदिम २ ओदिन स्थितको आदर्श आधारभूत विद्यालयका आवासीय विद्यार्थीलाई जिल्ला प्रहरी कार्यालय पाँचथरले शैक्षिक सामग्री प्रदान गरेको छ । नेपाल प्रहरी श्रीमती संघको ४०औं वार्षिकोत्सवको अवसरमा विहिबार प्रहरीद्वारा सामग्री प्रदान गरिएको हो ।
समुदाय प्रहरी साझेदारी कार्यक्रमसंग समेत आधारित भएर आवासीय विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायव उपरिक्षक हेमन्त भण्डारी क्षेत्रीले शैक्षिक सामग्रीआवासीय कक्षा सञ्चालक समिति संयोजक गंगा ईंवा लिम्बु लाई प्रदान गर्नु भयो ।

दश दश दर्जन कापी, डटपेन, दुई दर्जन पेन्सिल सहित मिठाई, विस्कुट प्रदान गरिएको हो । स्थानीय वासीअभिभावक, शिक्षक, पत्रकार उपस्थित गराएर प्रहरी आयोजित कार्यक्रममा शैक्षिक सामग्री प्रदान गरिएको हो । सामग्री प्रदान गर्दै प्रहरी नायव उपरिक्षक क्षेत्रीले विद्यालय र विद्यार्थीको शैक्षिक प्रगतिको शुभकामना समेत व्यक्त गर्नु भयो ।शान्ति सुरक्षा कायम गर्नमा सवै लाग्नु पर्नेमा जोड दिदै उहाँले यस कार्यमा आफुहरु सदैव लागिरहेकोले कुनै समस्या परे खबर गर्न पनि उहाँले आग्रह गनुभयो । कार्यक्रममा उपस्थित फिदिमका युवा समाजसेवी कमल थपलियाले आवासीय विद्यार्थीलाई चाँडै सहयोग गर्ने बचनबद्धता व्यक्त गर्नु भयो ।

केही समयअघि ओदिनका समाजसेवी हाल धरान निवासी तेज तुम्बापाले पनि यहाँकाआवासीय विद्यार्थीलाई एक कार्टन चाउचाउ सहित १३ जोर चप्पल प्रदान गर्नु भएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष देवि तुम्बापाले पनि एउटा इन्डक्सन चुलो दिनु भएको छ । सहयोग प्रदान गर्ने दाताहरु प्रति संयोजक गंगा ईंवा लिम्बुले धन्यवाद व्यक्त गर्नु भयो । यहाँको आवासीय कक्षामा विभिन्न ठाउँका २० जना अनाथ असहाय बालबालिकाअध्ययनरत रहेका छ ।

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  ६ : ५० बजे