पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

२२ साउन, पाँचथर । काभा महिला भलिबल नेसन्स लिगमा इरानलाई हराउँदै नेपाल फाईनल प्रवेश गरेको छ । काठमाण्डौमा मंगलबार सम्पन्न दोस्रो सेमिफाईनलमा इरानलाई सोझो सेटमा हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हाे।

लिग चरणमा भोगेको हारको बदला लिंदै नेपालले २५-२१, २८-२६ र २५-२० को सेटमा इरानलाई पराजित गरेको हो । पहिलो सेटमा सहज जित निकालेको नेपालले दोस्रो सेटमा भने इरानकाे कडा चुनौती सामना गर्नु परेको थियो। एक समय ६ अंकको अग्रता लिएको नेपालले लय गुमाउँदा इरानले २४-२१ को अग्रता बनाएको थियो। अन्तिममा नेपालले लगातार ३ अंक जोडेपछि नाटकीय रुपमा खेल २४-२४ को अवस्थमा पुगेको थियो। अन्तिमतिर सुधारिएको प्रदर्शन गर्दै नेपालले कठिन जित निकालेको थियो । तेस्रो सेट भने नेपालले सहज जित निकालेको थियो ।

लिग चरणमा नेपाल दोस्रो र इरान तेस्रो स्थान हाँसिल गर्दै सेमिफाईनलमा भिडन्त पक्का गरेका थिए ।

अब नेपालले जारी प्रतियोगिताको उपाधीका लागि भारतको सामना गर्नेछ । भारतको मंगलबार नै सम्पन्न पहिलो सेमिफाइनलमा श्रीलंका विरुद्ध ३औ० को जित दर्ता गर्दै फाइनल प्रवेश गरेको छ । लिग चरणमा पहिलो स्थान हाँसिल गरेको भारतले चौथो स्थानको श्रीलंकालाई २५-१५, २५-१६ र २५-२३ को सेटमा पराजित गरेको हो ।

प्रतियोगिताको फाइनल खेल बुधबार साँझ ५ बजे हुनेछ । यसै गरी, तेस्रो स्थानको लागि श्रीलंका र इरानबीच दिउँसो २ बजे प्रतिस्पर्धा हुनेछ।

तस्विर- एलभीए

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  ८ : ४० बजे