पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

१८ साउन, पाँचथर । लागू औषधको कारोबार गरेको आरोपमा फिदिम नगरपालिका ११ का ३० वर्षीय हुसेनबहादुर कटुवाल जिल्ला अदालतको आदेशले बुधबार पूर्पक्षका लागि कारागार चलान भएका छन् ।

मुद्दाको प्रारम्भिक सुनुवाई गर्दै जिल्ला अदालतका न्यायधीश योगेन्द्र कार्कीको एकल इजलासले कटुवाललाई पूर्पक्षका लागि कारागार राख्ने आदेश दिएको हो । अदालतको आदेश अनुसार आरोपित कटुवाललाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर बिनालाल शाह तेलीले बताए ।

आरोपितलाई फिदिम नगरपालिका १ मा लागू औषधको कारोबार गर्दै गरेको स्थानीयकाे सूचनाका आधारमा जेठ १८ गते गिरफ्तार गरिएको प्रहरी इन्स्पेक्टर तेलीले जानकारी दिए । प्रहरीले अनुसन्धान सकेर जिल्ला सरकारी वकिल मार्फत मंगलबार अदालतमा मुद्दा पेश गरेको थियो ।

पछिल्लो समय पहाडी जिल्लाहरुमा समेत लागू औषधको प्रयोगकर्ता वढेको भन्दै अभिभावक र सरोकारवालाहरुले चिन्ता व्यक्त गर्दै आएको छन् । प्रहरीले भने प्रवद्धनात्मक र उपचारात्मक दुवै विधि यसको रोकथामका लागि पहल गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार  ४ : ०८ बजे