पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा


१६ साउन, पाँचथर । फिदिम नगरपालिका १४ का ३७ वर्षीय दिनेशकुमार राईको हत्या घटनाका तीन जना आरोपितहरु जिल्ला अदालतको आदेशले मंगलबार पूर्पक्षका लागि कारागार चलान भएका छन् ।

पूर्पक्षका लागि कारागार चलान हुनेमा फिदिम नपा १४ का २३ वर्षीय सुशिल राई, फिदिम नपा १३ का २६ वर्षीय बिजय नेम्वाङ र फिदिम नपा १२ का ३७ वर्षीय दिनेश लुङगेली थापा रहेका छन् । जिल्ला अदालतका न्यायधीश टिकेन्द्र दाहालको इजलासले आरोपितहरुलाई कारागारमा राख्न दिएको आदेश अनुसार उनीहरुलाई कारागार चलान गरिएको अदालतले जनाएको छ ।

पीडितलाई आरोपितहरुले असार २० गते राती स्थानीय धन कुमार राईको घरमा चिन्ता बसि रहेको अबस्थामा लोक्ताको दाउरा तथा लात्ता मुक्का समेतले कुटपिट गरी सख्त घाईते बनाएको स्थानीयले बताए । घटनाको जानकारी पाउन साथ पीडितलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएकोमा असार २२ गते बिहान डाक्टरले मृत घोषणा गरेका थिए । शवको जिल्ला अस्पताल पाँचथरमा नै पोष्टमार्टम भएको थियो ।

आरोपितहरुलाई असार २१ गते गिरफ्तार गरी अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिनालाल शाह तेलीले बताए ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  १ : ११ बजे