पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

१० साउन, पाँचथर । त्रिभूवन अन्तराष्ट्रिय विमान स्थलमा बुधबार विहान सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जना यात्रुको मृत्यू भएको छ ।

काठमाण्डौवाट पोखराका लागि उडेको जहाज दुर्घटना हुँदा त्यसमा सवार १९ मध्ये एयरलाईन्सका १८ जना कर्मचारीको मृत्यू भएको हो । घाईते अवस्थमा उद्धार गरिएका जहाजका पाईलट मनिष शाक्यको भने सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भईरहेको छ ।

जहाजको मर्मत संभारका लागि काठमाण्डौवाट पोखराका लागि उडान भरेको केही सेकण्डमै विमान स्थल नजिकै दुर्घटना भएको थियो । दुर्घटना लगत्तै नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरी उद्धारमा खटिएका थिए। विमानमा लागेको आगोका कारण त्यसमा सवार कर्मचारीहरुको मृत्यू भएको प्रहरीले जानकारी दिएको छ ।

मृतकहरुको शव त्रिवि शिक्षण अस्पतालमा जम्मा गरी पोष्ट मार्टम सुरु गरिएको छ । पोस्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भक्तपुर अस्पतालका चिकित्सक खटिएका छन् । शव जलेर चिनिने अवस्थमा नभएकाले हुलिया, फिंगर प्रिन्ट लगायतका आधारमा पोस्टमार्टम गर्न सुरु गरिएको अस्पतालले जनाएको छ । सो अस्पताल बाहिर ठुलो संख्यामा मृतकका आफन्तहरु भेला भएका छन् ।

बुधबार नै बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि, बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ । विमान दुर्घटनाको विषयमा पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए ।

मृतकहरुको विवरण :

तस्विर-नेपाल प्रहरी

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ९ : २० बजे