पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

३१ असार, पाँचथर । युरो कप- २०२४ को उपाधी स्पेनको पोल्टामा परेको छ । जर्मनीको बर्लिनमा आइतबार विहान सम्पन्न फाईनलमा इङल्याण्डलाई २-१ ले पराजित गर्दै स्पेनले उपाधी आफ्नो पोल्टामा पारेको हो ।

पहिलो हाफ ०-० को बारबरीमा टुंगिएको थियो । दोस्रो हाफको सुरुवातमा नै स्पेनले अग्रता लियो । खेलको ४७ औ मिनेटमा निको विलियम्सले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाए । उनले लामिन यमालको पासलाई वान टचमा नै जाली चुमाएका थिए ।

इङ्ल्यान्डले खेलको ७३ औं मिनेटमा बराबरी गोल फर्कायो। मैदान प्रवेश गरेको तीन मिनेट कोल पालमरले गोल गर्दै खेल १-१ को अवस्थमा ल्याए । उनले बक्स बाहिरबाट गरेको शक्तिशाली प्रहारले स्पेनका डिफेण्डर र गोलकिपरलाई छिचोल्दै उत्कृष्ट रुपमा जाली चुमेको थियो।

स्पेनले खेलको ८६ औं मिनेटमा गोल गर्दै खेल २-१ को स्थितिमा पुर्यायो। स्पेनका लागि मिकेल ओयारजाबालले गोल गर्दै आफ्नो टिमलाई जित तर्फ डोर्याए । उनले मार्क कुकुरेलाको क्रसलाई सदुपयोग गरेका थिए ।

गत संस्करणमा समेत उपविजेता बनेको इङल्याण्ड यस पटक पनि उपाधी चुम्नवाट चुकेको हो । स्पेनले भने यो सहित युरो कप चौथो पटक उचालेको छ ।

रोड्री बने उत्कृष्ट खेलाडी

स्पेनका रोड्री युरो कप- २०२४ का सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । स्पेनले प्रतियोगिताको उपाधि जितेसँगै मिडफिल्डर रोड्री उत्कृष्ट खेलाडी घोषित भएका हुन् ।

यसै गरी, उत्कृष्ट युवा खेलाडीको उपाधी स्पेनकै लामिन यमालले हात पारे । १७ वर्षीय यमालले प्रतियोगितामा १ गोल र ४ असिस्ट गरेका थिए।

प्रकाशित मिति : ३२ असार २०८१, सोमबार  ८ : १७ बजे