पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

नारायण तुम्बापो

फिदिम । फिदिम नगरपालिका–२, ओदीनमा सञ्चालनरत आवासीय विद्यालयलाई पद्म सुन्दर लावती प्रतिष्ठानले खाद्यान्न प्रदान गरेको छ । यहाँको आदर्श आधारभूत विद्यालयमा अध्ययनरत बालबालिका लाभान्वित हुनेगरि प्रतिष्ठानले आइतबार खाद्यान्न वितरण गरेको हो ।
पटक पटक मन्त्री भएर पाँचथरको विकासमा धेरै योगदान पु¥याउन भएका स्वार्गीय लावती विकासवादी नेताको रुपमा परिचित हुनुहुन्छ । उहाँकै स्मृतिमा स्थापित प्रतिष्ठानले १५ हजार ५०० मुल्य बराबरको खाद्यान्न दिएको हो । लावतीको ९औं स्मृति दिवस अवसरमा चामल, नुत, तेल, लगायत खाद्यान्न वितरण गरिएको छ । प्रतिष्ठान समिति अध्यक्ष विजयवोध लावती, सचिव लोकेन्द्र आले मगर सल्लाहकारद्वय सगुन सुन्दर लावती, होमकुमार लावती लगायत उपस्थित भएर खाद्यान्न प्रदान गर्नुभयो । यसैक्रममा होमकुमारले दुई हजार रुपियाँ नगद समेत आवासीय विद्यालयलाई सहयोग गर्नुभयो । यसै शैक्षिक वर्षबाट सुरु गरिएको यहाँकोआवासिय विद्यार्थीका लागि अन्य दाताहरुबाट पनि खाद्यका साथै नगद, जिन्सी सहयोग प्राप्त भइरहेको पाइएको छ । प्राप्त सहयोगले असहाय नानीहरुको आवासका लागि धेरै राहत पुगीरहेको आवासीय कक्षा व्यवस्थापन समिति संयोजक गंगा ईंवा लिम्बूले बताउनुभयो । संयोजक गंगाले फेरी पनि यस्तै सहयोगको विद्यालयले अपेक्षा गरिरहेको बताउनुभयो ।
यहाँको आवसीय कक्षामा आमा बाबुविहीन तथा अत्यन्तै कमजोर आर्थिक अवस्थाका २० जना असहाय विद्यार्थी अध्ययनरत छन् । तत्कालिन अवस्थामा गाँस, बाँस र कपासको समस्या झेल्नु परिरहेको छ । विद्यालयसंग पर्याप्त भवन अभावले भाडाको घरमा आवासीय कक्षा सञ्चालन गर्नु परिरहेको अवस्था छ । यसका कारण नानीहरुले साघुरो कोठामा असजिलोको साथ आवासीय सेवा लिन्ुपरिहेको छ । यसमा सहयोग पु¥याउन संयोजक गंगाले सम्बन्धित निकाय र सहयोगी मनहरुसंग सहयोगको अपिल गर्नुभएको छ । केहि समय अघि यस विद्यालयको पाँचथरका प्रदेश ख सांसद, कोशी प्रदेशका पूर्व अर्थ मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो मौसमले अवलोकन गर्नु भएको थियो । यस क्रममा सांसद आङ्बोले विद्यालयको व्यवस्थित भवन निर्माणमा सहयोग गर्न सघाउने बचनबद्धता व्यक्त गर्नु भएको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार  ८ : ३० बजे