पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

२० जेठ, काठमाडौं । स्पानिस क्लब रियल मड्रिडले १५औं पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ ।

शनिबार राति लण्डनस्थित वेम्बली स्टेडियममा भएको फाइनलमा जर्मन क्लब बोरुसिया डर्टमण्डलाई २-० ले हराउँदै रियल च्याम्पियन बनेको हो ।

रियलको जितमा डानी कार्भाजल र भिनिसियस जुनियरले दोस्रो हाफमा गोल गरे ।

पहिलो हाफको खेल गोलरहित बरारबरीमा सकिएको थियो । तर, रियलले दोस्रो हाफमा अन्तिम २० मिनेटमा दुई गोल गर्‍यो । ७४औं मिनेटमा कार्भाजलले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । त्यसपछि भिनिसियसले ८३औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए ।

डर्टमण्डले पनि गोल गर्ने केही अवसर नाएको थियो तर सदुपयोग गर्न सकेन ।

च्याम्पियन्स लिगमा सधैं फेभरेट टोलीको रुपमा रहने रियलले कीर्तिमानी १५ पटक उपाधि जितेको हो । रियलले एसी मिलानले जितेको ७ उपाधिभन्दा दोब्बर बढी उपाधि जितेको छ ।

सन् १९९७ मा च्याम्पियन्स लिग जितेको डर्टमण्ड २०१३ को फाइनलमा पनि पराजित भएको थियो ।

– अनलाईन खबरवाट

प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतबार  ११ : ३२ बजे