पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

जेठ २, पाँचथर । पाँचथर जिल्ला ए डिभिजन लिगमा समूहए ए वाट पाँचथर युनाईटेड र सुम्हात्लुङ यूवा क्लब नकआउट चरणमा प्रवेश गरेका छन् ।

मंगलबार सम्पन्न समूहल ए तर्फको खेलमा १० अंक सहित पाँचथर युनाईटेड क्बल समूह विजेता बनेको हो । यसै गरी, सुम्हात्लुङ यूवा क्लब ९ अंक सहित समूह उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो । समूह ए को विजेताले समूह बी को उपविजेतासँग र समूह ए को उपविजेताले समूह बी को विजेतासँग सेमिफाईनल खेल्नेछन् ।

समूहल ए तर्फ सयपत्री क्लब ७ अंकका साथ तेस्रो स्थान र राईजिङ स्टार १ अंकका साथ चौथो स्थानमा रह्यो । राईजिङ स्टारसँग समान अंक भए पनि गोल अन्तरका आधारमा पल्लोटार यूवा क्लब रेलिकेसनमा परेको हो । यो समूहमा सवै क्लबले ४-४ खेल खेलेका थिए ।

जिल्ला लिगमा बुधबारवाट समूह बी का खेलहरु सुरु भएका छन् । यस समूहमा फिदिम स्पोर्टिङ क्लब, टु स्टार ग्रामिण सिर्जनशील क्लब, चोत्लुङ क्लब, न्यु पाथिभरा क्बल, तिजोक यूवा क्लब र रानिटार युनाईटेड स्पोर्टिङ क्लब रहेका छन् । यस समूहवाट अन्तिममा रहने क्बल रेलिकेसनमा पर्ने जिल्ला फुटबल संघका अध्यक्ष गणेश राईले बताए ।

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार  २ : ५६ बजे