पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

३० वैशाख, पाँचथर। केलाःङ् साँस्कृतिक समाज पाँचथरको अध्यक्षतामा धनकुमारी लाओती निर्वाचित भएकी छिन् । समाजको शनिबार सम्पन्न तेस्रो महाधिवेशनले लावतीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।

नव निर्वाचित कार्यसमितिको उपाध्यक्ष भिमप्रसाद नेम्बाङ, सीता जबेगू, पुष्प खेवाङ, सचिव सुरेन्द्र केरुङ, सहसचिव सुनिता केरुङ, सुजन मादेन र कोषाध्यक्ष जोनाहाङ केरुङ चयन छन्। यसै गरी, सदस्यमा बजिन्द्र लाओती, सूर्यशान्ति येक्तेन, कमला केरुङ, तुलसा नेम्बाङ, दिपेन योङहाङ लगायत रहेका छन्।

अधिवेशनको उद्घाटन सत्रलाई संबोधन गर्दै लालीगुराँस नगरपालिका तेह्रथुमका नगरप्रमुख अर्जुनबाबु माबुहाङले संस्कृतिको संरक्षण सम्बद्धन गर्न राज्य जिम्मेवार हुनु पर्ने बताए । हाम्रो संस्कृति जगेर्नाका लागि मुन्धुम हबका रुपमा विकास गर्नु पर्छ, सामान्य कार्यक्रमले मात्र संस्कृति जगेर्ना नहुने भन्दै उनले भने हाम्रा संस्कृतिहरुलाई आयआर्जनको स्रोत बनाउनु पर्छ, यसका लागि राज्यका निकाय जिम्मेवार हुनुपर्छ । नगरप्रमुख माबुहाङले के (च्याबु्रङ) को ऐतिहासिक, साँस्कृतिक पक्षको समेत चर्चा गरेका थिए ।

समारोहलाई फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले, याक्थुङ प्रज्ञा प्रतिष्ठानका कुलपति राजेन्द्रकुमार जवेगु, कियाचु सुनसरीका अध्यक्ष मन हुक्पाचोङबाङ, जिल्ला अध्यक्ष सुरेन शिशिर केरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा के (च्याबु्रङको उत्पती र विकासका बारेमा आइत खजुमले प्रष्ट पारेका थिए । उद्घाटन सत्रमा नृत्य, गायन, केलाःङ् प्रदर्शन गरिएको थियो।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ३ : ५८ बजे