पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

दिपक दुलाल

बैशाख २३, नवमीडाँडा । पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं.२, इम्बुङमा ४५ दिने फुटबल प्रशिक्षण कार्यक्रम शुरु भएको छ ।

स्थानीय स्तरमै दक्ष फुटबल खेलाडी उत्पादन गर्ने उद्धेश्यले टु स्टार ग्रामिण सृजनशील क्लव इम्बुङले फुटबल प्रशिक्षण कार्यक्रमको आयोजना गरेको हो ।

सत्यहाङ्मा माध्यमिक विद्यालय इम्बुङको खेलमैदानमा सञ्चालित प्रशिक्षण कार्यक्रममा १० वर्ष माथि उमेरका ४० जना स्थानीय युवाहरुको सहभागिता रहेको छ ।

बराहक्षेत्र कात्र्तिके मेला फुटबल प्रतियोगिता कार्यक्रमबाट बचत भएको केहि रकम तथा टु स्टार ग्रामिण सृजनशील क्लव इम्बुङको आन्तरिक स्रोतबाट प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको क्लवका अध्यक्ष अर्जुन नेम्वाङले जानकारी दिनुभयो । प्रशिक्षण कार्यक्रममा करिब १ लाख ९० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको समेत उहाँले बताउँनु भयो ।

फुटबल प्रशिक्षण कार्यक्रमको सहजीकरण प्रशिक्षकहरु पासाङ तामाङ र आइन्द्रराज फुएलले गरिरहनु भएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ७ : १६ बजे