पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

२३ वैशाख, पाँचथर । कुम्मायक कुस्सायक त्रिशाली आमन्त्रण गोल्डकप- २०८१ को उपाधी पाँचथर फुटवल क्लव पाँचथरको पोल्टामा परेको छ ।

कुम्मायक गाउँपालिका १ स्थित पृथ्वी मा.वि.को खेलमैदानमा शनिवार सम्पन्न फाइनल खेलमा रेड हर्स फुटवल क्लव इलामलाई ३–२ को अन्तरले हराउदै पाँचथरले उपाधी हात पारेको हो । पाँचथरले उपाधी हात पार्न पहिलो हाफमा २ र दोस्रो हाफको अतिरिक्त समयमा १ गोल गरेको थियो भने इलामले दुवै हाफमा समान १-१ गोल गरेको थियो ।

सुरुवातमै आक्रमक फुटबल पस्केको पाँचथरले खेलको ७ औं मिनेटमा क्याप्टेन रोशन आङदेम्बेको गोल मार्फत अग्रता लिएको थियो । इलामका अर्जुन गुरुङले खेलको १८ औं मिनेटमा गोल गर्दै खेललाई १-१ को बराबरीमा रोके । फिदिमका निकेश श्रेष्ठले २१ औं मिनेटमा गोल गर्दै खेल २–१ को स्थितिमा ल्याए ।

दोस्रो हाफमा आक्रमक खेल सुरुवात गरेको इलामले ४८ औं मिनेटमा डिफेन्डर मौसाले गोल गर्दै खेललाई २–२ को बराबरीमा रोके । उनले फ्रिकिकवाट पाएको अवसरलाई हेडर मार्फत जाली चुमाएका थिए । अतिरिक्त समयमा पाँचथरका प्रदिप बुढाथोकीले निर्णायक गोल गर्दै पाँचथरलाई जित दिलाए । उनले थ्रोइङवाट प्राप्त अवसरलाई हेडर मार्फत जाली चुमाएर इलामका खेलाडी र दर्शकलाई निरास बनाएका थिए ।

प्रतियोगिताको बिजेता पाँचथर फुटवल क्लव पाँचथरले नगद ३ लाख ५५ हजार ५ सय ५५ रुपैँया ट्रफी, मेडल र प्रमाण पत्र हात पा¥यो। उपबिजेतामा चित्त बुझाएको इलामले नगद १ लाख ७७ हजार ७ सय ७७ रुपैँया र ट्रफि, मेडल र प्रमाण पत्र हात पारेको थियो ।

खेलको म्यान अफ द म्याच पाँचथरका प्रदिप बुढाथोकी घोषित हुदै नगद ५ हजार र ट्रफी हात पारे । प्रतियोगिताको राइजिङ प्लेयर पाँचथरका मारम फेवादेन, बेष्ट डिफेन्डर रोशन आङदेम्बे, बेष्ट गोलकिपर मिराक खजुम, प्लेयर अफ दी टुनामेन्ट रोजिन माझी घोषित बने । यसै गरी, हाइस्कोर तर्फ आयोजक यलम्बर युवा संस्थाका दिल सम्बाहाम्फे चुनिए भने प्रतियोगिताको बेष्ट मिडफिल्डर इलामका पुस्कर दाहाल र बेष्ट फरर्वड अर्जुन गुरुङ घोषित भए। उत्कृष्ट प्रशिक्षक पाँचथरका अनुराग केच्छाकी मगर घोषित भए।

बैशाख १६ गतेदेखि संचालन भएको प्रतियोगितामा झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका ८ टीमको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ३ : २८ बजे