पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

२१ बैशाख, पाँचथर । लागुपदार्थ प्रयोग गरेको आरोपमा प्रहरीले झापा जिल्लाको विर्तामोड नगरपालिका ६ वाट २ जनालाई विहिबार गिरफ्तार गरेको छ ।

गिरफ्तार हुनेमा मेचिनगर नगरपालिका ७ का २२ बर्षीय अजय राजबंशी र ईलाम जिल्लाको सन्दकपुर गाउँपालिका ३ का २९ बर्षीय रमेश मगर रहेका छन् । प्रहरी चौकी बुट्टाबारीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका ६ मा आरोपितद्धयलाई शंकास्पद अबस्थामा फेला पारेकाले गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ ।

आरोपितहरुलाई चेकजाँच गर्दा उनीहरुको साथबाट लागुऔषध ब्राउनसुगर ६ सय ३० मिलिग्राम र नगद १ हजार १ सय ८० रुपैँया समेत फेला परेकाे प्रहरीले जनाएको छ । गिरफ्तार गरिएका आरोपितद्धयको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  ८ : ४४ बजे