२१ वैशाख, पाँचथर । धनकुटा जिल्लाको धनकुटा नगरपालिका १० की ३१ बर्षीया सरिता श्रेष्ठको हत्या गरेको आरोपमा स्थानीय ३५ बर्षीय टल्के भनिने दिलबहादुर बिशुखेंलाई प्रहरीले बुधबार गिरफ्तार गरेको छ ।
स्थानीय बमबहादुर तामाङको खाली रहेको घरमा बुधवार बिहान श्रेष्ठको लास फेला परेपछि घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले आरोपित बिशुखेंलाई गिरफ्तार गरेको हो । आरोपितकाे जिल्ला अदालतवाट म्याद थप गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । आरोपित विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको र उनी विरुद्ध कर्तव्य ज्यान कसुरमा मुद्दा चलाईने प्रहरीले जनाएको छ ।
मृतक महिलाको जिल्ला अस्पतालमा पोष्ट मार्टम गरी अन्त्येष्टीका लागि लास आफन्तलाई जिम्मा लगाइएको जिल्ला अस्पताल धनकुटाले जनाएको छ ।
प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार ८ : २३ बजे
प्रतिक्रिया