पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

१६ फागुन, पाँचथर । पाँचथरमा जारी वाईवाई अन्तराष्ट्रिय आमन्त्रण चौथो पाँचथर गोल्डकपमा आयोजक पाँचथर क्बल फाईनल प्रवेश गरेको छ । फिदिम माविको खेल मैदानमा बुधबार सम्पन्न पहिलो सेमिफाईनलमा बागमती यूथ क्लब सर्लाहीलाई १–० गोल अन्तरले हराउँदै आयोजक फाईनलमा प्रवेश गरेको हो ।

अत्यान्तै प्रधिस्पर्धात्मक खेलमा पहिलो हाफको अतिरक्त समयमा आयोजक पाँचथर क्लबका रोशन आङदेम्बेले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए । कर्नरवाट आएको बललाई उनले हेड मार्फत जाली चुमाएका थिए । दोस्रो हाफमा कुनै पनि टिमवाट गोल हुन नसकेपछि उनको गोल नै आयोजकलाई फाईनल प्रवेश गराउन पर्याप्त भयो ।

खेल अवधीभर दुवै टोलीले आक्रमक फुटबल पस्केका थिए । पहिलो हाफको १२ औं मिनेटमा आयोजक पाँचथर क्लबका प्रकाश धमलाले लङ रेञ्चवाट गरेको शक्तिशाली प्रहार पोष्टमा लागेर फर्किएको थियो । खेलको २४ औ मिनेटमा बागमतीका निर्मल घिसिङको फ्रिकिक प्रहार पोष्टमा लागेर बाहिरियो । पाँचथरका विवेक पौडेलले ३० औं मिनेटमा डिबक्स भित्र पाएको सुन्दर अवसरलाई गोलमा परिणत गर्न सकेनन् । आशिष चापागाईले दायाँ भागवाट मिलाएको पासलाई पौडेलले गोल पोष्ट बाहिर प्रहार गरे । वागमतीका विमल घिसिङले ३५ औं मिनेटमा डिबक्स भित्र पाएको अवसर सदुपयोग गर्न सकेनन् । उनको प्रहार गोल पोष्ट माथिवाट बाहिरियो । यसै गरी, ३८ औ र ३९ औ मिनेटमा वागमतीका खेलाडीहरु क्रमशः निर्मल वल र अभि लामा वान भर्सेस वानमा गोल गर्न चुकेका थिए ।

पहिलो हाफको तुलनामा सुधारिएको खेल पस्केको वागमतीले ५५ औं मिनेटमा बराबरी गोल गर्ने अवसर खेर फाल्यो । वागमतीको अनिल मगरको प्रहार गोल पोष्ट माथिवाट बाहिरियो । खेलको ५९ औ मिनेटमा पाँचथरका विवेक पौडेलले डिबक्स बाहिरवाट गरेको शक्तिशाली प्रहार गोल पोष्टको फ्रेममा परेन । पाँचथरले ६५ औं मिनेटमा अग्रता दोब्बर पार्ने सुन्दर अवसर खेर फाल्यो । विपक्षी गोलकिपर अगाडी बढेको अवस्थामा आशिष चापागाईले खाली पोष्टमा गरेको प्mिलप गोल पोष्टमा लागेर फर्किएको थियो । नजिकै रहेका मौसम लिम्बूले रिबाउण्ड वल गरेको हेडर गोल पोष्ट बाहिर गयो ।

पहिलो सेमिफाईनल खेलको म्यान अफ दि म्याद पाँचथर क्लबका गोलकिपर मिराक खजुम घोषित भए । उनले नगद रु ५ हजार पुरस्कार प्राप्त गरे । सेमिफाईनलमा पहिलो गोल गर्ने खेलाडीका रुपमा पाँचथर क्लबका रोशन आङदेम्बेले ५ हजार पुरस्कार पाए । यसै गरी, सुटआउट अफ दि हिरो नविन तुम्रोक भए । उनले रु २ हजार ५ सय पुरस्कार पाए । साथै प्mयान अफ दि म्याच लाखे समूहले प्राप्त गरेको छ ।

प्रतियोगिताको विजेताले ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेताले २ लाख ५५ हजार ५ सय ५५ रुपैया पुरस्कारका साथै ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । यसै गरी, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्ताले जनही रु १० हजार पुरस्कार पाउने आयोजक पाँचथर क्लबका सचिव योगराज सेढाईले बताए । प्रतियोगिताको उदयमान र सर्वोत्कृष्ट खेलाडीले जनही १५ हजार पुरस्कार प्राप्त गर्ने सचिव सेढाईले जानकारी दिए ।

प्रतियोगिताको दोस्रो सेमिफाईनलमा बिहिबार झापा ११ र त्रिभूवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । झापाले रेडहर्ष फुटबल क्लब इलामलाई हराउँदै सेमिफाईनमा स्थान सुरक्षित गरेको थियो भने आर्मीले भारतको पाहुना टोली हिल्स फुटबल क्लब खर्साङलाई हराएको थियो ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  ८ : १९ बजे