पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

पाँचथर । आइसीसी यु–१९ विश्वकप खेल्ने नेपाली क्रिकेट टिमकाे शुक्रबार विदाई गरिएको छ । नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले काठमाण्डौमा आयोजित एक कार्यक्रमका बीच यु–१९ क्रिकेट टिमका खेलाडीहरूलाई विदाई गरेका हुन् ।

यु–१९ विश्वकप दक्षिण अफ्रिकामा आगामी जनवरी १९ देखी फेब्रुअरी ११ सम्म हुँदैछ । अभ्यास खेल सहित सो प्रतियोगितामा सहभागी हुन नेपाली टोली अफ्रिका प्रस्थान गर्दैछ ।

विदाई कार्यक्रममा नेपाली टोलीका कप्तान देव खनालले एशिया कपको खराब पक्ष बिर्सेर आगामी आइसिसी युु–१९ विश्वकपमा राम्रो नतिजा ल्याउने बताए । आगामी खेलमा राम्रो प्रदर्शन गर्न सवै खेलाडी शारीरिक तथा मानसिक रुपमा तयार रहेको जानकारी दिदै कप्तान खनालले नेपाली टोलीको लक्ष्य सुपर आठमा पुग्ने रहेको बताए ।

विदाई कार्यक्रममा कप्तान खनालले टोलीले राम्रो प्रशिक्षण गर्न नपाएको गुनासो गरे । विश्वकप खेल्ने तयारीमा रहेको टिमले विदेशी टोलीसँग अभ्यास खेल्न नपाएको र प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता सञ्चालन भएकाले तयारी गर्न नपाएको बताए ।

नेपालले जनवरी १३ मा स्कटल्याण्ड र जनवरी १६ मा वेस्ट इन्डिज विरुद्ध अभ्यास खेलहरु खेल्ने छ । समूह ‘डी’ मा रहेको नेपालले लिग चरणमा न्यूजिल्याण्ड, पाकिस्तान र अफगानिस्तानकाे सामना गर्नेछ । पहिलो खेल जनवरी २१ मा न्यूजिल्याण्ड सँग खेल्ने छ भने दोस्रो खेल जनवरी २४ मा पाकिस्तानकाे सामना गर्नेछ । यसै गरी, अफगानिस्तान विरुद्ध जनवरी २६ मा समूहको अन्तिम खेल खेल्नेछ ।

यु–१९ विश्वकप खेल्ने नेपाली टोलीमा देव खनाल (कप्तान), अर्जुन कुमाल, दीपक प्रसाद डुम्रे, आकाश त्रिपाठी र दुर्गेश गुप्ता रहेका छन् । यसै गरी, गुलशन झा, विशाल विक्रम केसी, सुबाश भण्डारी, दिपेश प्रसाद कंडेल, दीपक बोहोरा र दिपक बोहोरा पनि नेपाली टाेलीकाे सदस्य रहेका छन्र । टाेलीकाे अन्य खेलाडीहरूमा विपिन रावल, उत्तम रंगु थापा मगर, आकाश चन्द र तिलक राज भण्डारी रहेका छन् ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ८ : १७ बजे