सर्लाही । सर्लाहीको बरहथवामा नगरपालिकामा अस्पतालको बिषयमा भइरहेको झडपमा प्रहरीले चलाएको गोली लागेर एक जनाको ज्यान गएको छ। बरहथवा नगरपालिकाको नगर प्रमुख कल्पना कटुवालको घरमा आन्दोलनकारीले तोडफोड गर्न थालेपछि स्थित नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली टाउकोमा लागेर एक जनाको घटना स्थलमै ज्यान गएको छ।
मेयर कटुवालको घरमा प्रदर्शनकारीहरुले तोडफोड गर्न थालेपछि प्रहरीले चलाएको गोली लागेर बरहथवा नगरपालिका ६ का ३० बर्षिय जयशंकर साहको घटना स्थलमै ज्यान गएको छ। साह बतलबास बजारबाट बरहथवा बजार तर्फ आउने क्रममा नेपाल विद्युत् प्राधिकरण नजिक छेउमा टाउकोमा गाली लाग्दा घटनास्थलमै मृत्यु भएको जनमत पार्टीका युवा नेता राजनकुमार सिंहले बताए। प्रहरीको गोली लागेर ज्यान गुमाएका साह बरहथवा स्थित सर्लाही होटलका सञ्चालक हुन।
अस्पतालको विषयलाई लिएर करिब दुई सातादेखि बरहथवा नगरपालिका अगाडि नेपाली काङ्ग्रेस, जसपा नेपाल, जनमत पार्टी, लोसपा नेपाल र बहुजन एकता पार्टी सहित पाँच दलीय गठबन्धनले आन्दोलन गर्दै आएको थियो।बरहथवा बजार क्षेत्र अहिले निकै तनावग्रस्त बनेका छन् । प्रहरी र प्रदशनकारीहरु बीच ठाँउ ठाउँमा झड्प भईरहेको छ।
साभार- nagariknews.nagariknetwork.com
प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार ५ : ३० बजे
प्रतिक्रिया