पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

दिपक दुलाल

नवमीडाँडा । फाल्गुनन्द गाउँपालिका स्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्डको उपाधी सिद्धदेवी मावि नवमीडाँडाले उचालेको छ ।
फाल्गुनन्द गाउँपालिकाका १३ वटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको खेलकुद प्रतियोगितामा सबैभन्दा बढी ८ स्वर्ण, ६ रजत र ४ कांस्य सहित कुल १८ पदक प्राप्त गरेर सिद्धदेवी मावि नवमीडाँडाले प्रथम स्थान हाँसिल गर्दै शिल्ड उचालेको हो ।

प्रतियोगितामा ७ स्वर्ण, ५ रजत र ८ कांस्य पदकका साथ जयनारायण आदर्श मावि मेहेलबोटेले दोस्रो स्थान प्राप्त गरेको छ । यस वर्षको खेल आयोजक घुर्विसे पञ्चमी माविले ५ स्वर्ण, ६ रजत र १ कांस्य पदक जितेर प्रतियोगितामा तृतीय स्थान हाँसिल गरेको छ ।

यसैगरी जनकल्याण मावि फाक्तेपले ४ स्वर्ण, ४ रजत र २ कांस्य पदक प्राप्त गरेको छ । सत्यहाङ्मा मावि इम्बूङले २ स्वर्ण ५ रजत र ३ कांस्य पदक, ज्योति मावि दोबाटेले २ स्वर्ण, १ रजत र ३ कांस्य पदक, जलसिंह मावि चिम्फुलाले १ स्वर्ण १, रजत र ४ कांस्य पदक, सारताप मावि सारतापले १ रजत र २ कांस्य पदक, कृष्ण मावि चिलिङ्देनले १ रजत र १ कांस्य पदक, सारताप मावि सारतापले १ रजत र २ कांस्य पदक र सिद्धेश्वरी मावि चिलिङ्देनले २ कांस्य पदक जित्न सफल भएका छन् ।

प्रतियोगिताका विजेता विद्यार्थी तथा विद्यालयहरुलाई कार्यक्रमका प्रमूख अतिथि फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बृजहाङ आङ्देम्बे, विशेष अतिथि गाउँपालिका उपाध्यक्ष ठाकुर सिङ नेम्वाङ, प्रमूख प्रशासकीय अधिकृत निर्मल तुम्रोक, शिक्षा शाखा प्रमूख बाबुराम राई लगायतले कप, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गर्नु भएको थियो ।

यहि मंसिर २८, २९ र ३० गते फाल्गुनन्द गाउँपालिका वडा नं. ५ स्थित घुर्विसे पञ्चमी मावि घुर्विसे पञ्चमीमा सञ्चालन भएको यस वर्षको फाल्गुनन्द गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको कार्यक्रमका प्रमुख अतिथि फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बृजहाङ आङ्देम्बेले उद्धघाटन गर्नुभएको थियो ।

कार्यक्रममा फाल्गुनन्द गाउँपालिकाका विभिन्न वडाका वडाध्यक्षहरु, विभिन्न विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकहरु, समाजसेवी, बुद्धिजिवी राजनीतिक दलका प्रतिनिधीहरु, संघसंस्थाका प्रतिनिधीहरु, अभिभावकहरु तथा फाल्गुनन्द गाउँपालिका भरिका विद्यालयका शिक्षकहरु साथै विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ७ : ४९ बजे