पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

पाँचथर । केपी ओली कप टि-२० प्रतियोगिताकाे उपाधि मधेश प्रदेशले उचालेको छ । पोखरा क्रिकेट रंगशालामा शुक्रबार सम्पन्न फाईनल खेलमा राष्ट्रिय खेलाडीले भरिभराउ त्रिभूवन आर्मी क्बललाई ११ रनले हराउँदै मधेशले उपाधी उचालेको हो ।

जितको लागि १ सय ३६ रनको मध्यम विजयी लक्ष्य पछ्याएको आर्मी २० ओभरमा ७ विकेट गुमाउँदै मात्र १ सय २४ रनमा समेटिएकाे थियो । आर्मीका विवेक यादव १४ बलमा २ चौका र २ छक्कासहित २५ र सोमपाल कामी १५ बलमा १६ रनमा अविजित रहे । कप्तान विनोद भण्डारीले ३० बलमा ५ चौकासहित सर्वाधिक ३२ रन बनाए । ओपनर सन्तोष कार्की १३ बलमा ३ चौका सहित पाँचौं ओभरको चौथो बलमा आउट भए । उनी प्रदीप पासवानको बलमा एलबीडब्लू आउट भए । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई आठौं ओभरको तेस्रो बलमा प्रतिक यादवले ५ रनमा क्याच आउट गराए ।

मधेशका कप्तान हरिशंकर शाहले ११ औं ओभरको पहिलो बलमा विनोद भण्डारीलाई एलबीडब्लू आउट गरे । बसिर अहमद सोही ओभरको तेस्रो बलमा मात्र २ रनमा एलबीडब्लू आउट भए । पाँचौं बलमा नेपाली टोलीका विष्फोटक ब्याटर कुशल मल्ल समेत पाँचौं बल कुनै रन नजोडि बोल्ड आउन भएपछि आर्मीको उपाधी जित्ने सपना क्षीण बन्दै गएको थियो । हरिशंकरको अर्को ओभरमा राजेश पुलामी आउट भएपछि आर्मी १२.५ ओभरमा ६४–६ को अवस्थामा पुगेको थियो । भीम सार्की २ चौका र १ छक्का सहित २२ रनमा आउट भए । उनले २१ बलको सामना गरेका थिए ।

मधेशका हरिशंकर शाहले ४ ओभरमा १९ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । प्रदीप पासवानले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए भने प्रतिक यादवले ३ ओभरमा १४ रन खर्चेर १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको मधेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३५ रन बनाएको थियो । मधेशका विशाल पटेलले ३२ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ४९ रनको अविजित इनिङ खेलेका थिए । ओपनर हरिशंकर शाह २१ बलमा ३ चौका र २ छक्कासहित २७, अनिलकुमार शाह ६, इमरान शेख ८, पवन सरार्फ ९, मयन यादव ३, हिमान्शु दत्त १४ र विशाल शुश्लिङ १० रनमा आउट भए ।

आर्मीका साहब आलमले ३ ओभरमा ५ रन खर्चेर ३ विकेट लिए । विवेक यादवले ४ ओभरमा ३ विकेट लिदा ३० रन खर्चिेए । बसिर अहमद र सोमपाल कामीले समान १–१ विकेट लिए ।

यो मधेशले जितेको पहिलो राष्ट्रिय स्तरको प्रतियोगिता समेत हो । आर्मीले उपाधी हात पार्न नेपाली क्रिकेट टोलीबाट खेलेका १० खेलाडी प्लेइङ ११ मा समेटेको थियो ।

तस्विर सौजन्य : एनसीएसएस फेसबुक पेज

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  ६ : ४७ बजे