पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

पाँचथर । नेपाल बास्केटबल संघको जिल्ला शाखा गठन भएको छ । संघका केन्द्रीय सदस्य पवन कुमार थापाको उपस्थितिमा एक कार्यक्रमको आयोजना गरी मंगलबार फिदिममा शाखा समिति गठन गरिएको हो ।

पाँचथर जिल्लाा पहिलो पटक गठन गरिएको जिल्ला कार्य समितिको अध्यक्षमा चेतन लावती र उपाध्यक्षमा उपाध्यक्षमा घनेन्द्रराज आङ्देम्बे चयन हुनु भएको छ । यसै गरी, सचिबमा पुरन मगर, सह सचिबमा हरि लोवा र कोषाध्यक्षमा सुनिता न्यौपाने र दिपेन्द्र फागोले जिम्मेवारी लिनु भएको छ । १५ सदस्यीय कार्य समितिको सदस्यहरुमा ज्ञानेन्द्र विश्वकर्मा, शिला लावती, दिनेश तामाङ र लोकेन खतिवडा रहनु भएको छ । यसै गरी, अन्य सदस्यहरुमा अच्युत हुमागाई, विजा राई, सुवास बाँस्कोटा, गजेन्द्र तुम्बापो र निशा तामाङ चयन हुनु भएको छ ।

जिल्लामा बाँस्केटबलको विकासमा लागि विभिन्न योजना निर्माण गरी कार्यान्वयन गरिने समितिले जनाएको छ । कार्यक्रम जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्तोष मोक्तानको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ८ : ३९ बजे