पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

पाँचथर । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण काठमाण्डौ स्थित दशरथ रंगशालामा शुक्रबार सुरु भएको छ । लिगको उद्घाटन खेलमा काठमाडौं रेजर्सले विजयी सुरुवात गरेको छ ।

डिफेन्डिङ च्यापिम्यन काठमाडौँले आफ्नो पहिलाे खेलमा जित निकाल्ने क्रममा नवप्रवेशी टोली स्पोर्टिङ इलाम एफसीलाई १-० पराजित गरेको हो । खेलको ५१ औ मिनेटमा काठमाडौंका राजीव लोप्चनले गरेको एक मात्र गोल निर्णायक गोल बनेको थियो । शोखरुखले प्रहार गरेको कर्नर कीकमा राजीव लोप्चनले ब्याकहिल गर्न खोज्दा इलामका कप्तान एवं गोलरक्षक विकेश कुथुले समात्न नसकेपछि बल राजीवकै खुट्टामा पुगेको थियो र त्यसलाई उनले गोलमा परिणत गरे ।

पहिलो हाफको पाँचौं मिनेटमा काठमाडौंका शोखरुखले प्रहार गरेको फ्री किक इलामका गोलरक्षक कुथुले नियन्त्रणमा लिए । १२ औं मिनेटमा इलामका अमाथ एनडवले लामो दूरी बाट गरेको प्रहार काठमाडौंका गोलरक्षक अभिषेक बराल बाधक बने । १९ औं मिनेटमा काठमाडौंका शोखरुखको थ्रु-पासमा सिर्जना भएको राम्रो अवसरलाई कप्तान हिसुब थपलियाले सदुपयोग गर्न सकेनन् । ८१ औं मिनेटमा इलामका फोडे कमाराको लामो दूरीको प्रहारले पोस्टको दिशा लिन सकेन ।

दोस्रो संंस्करणको लिगमा अघिल्लो संस्करणका ६ र नयाँ ३ गरी जम्मा ९ टोली सहभागि भएका छन् । लिगको विजेताले पाउने रकम यकिन नभए पनि ७० लाख भन्दा वढि हुने आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) ले जनाएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  ८ : ४८ बजे