पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

पाँचथर । प्रथम लालिखर्क गोल्डकपको उपाधि आयोजक साझा युवा क्लबको पोल्टामा परेको छ । फिदिम नगरपालिका ३ लालिखर्कमा शनिबार सम्पन्न फाइनल खेलमा वाईसिएल पाँचथरलाई सडन डेथमा ६–५ गोल अन्तरले हराउँदै आयोजकले उपाधि आफ्नो पोल्टामा पारेको हो ।

स्थानीय जनकल्याण माविको खेल मैदानमा आयोजित फाईनल खेलको निर्धारित समयमा दुबै टिमले गोल गर्न नसकेपछि खेल ट्राईब्रेकरमा लम्बिएको थियो । सुरुवाती ट्राईब्रेकरमा समेत गोल बराबरी भएपछि खेल सडन डेथमा धकेलिएको थियो । सडन डेथमा वाईसिएलका खेलाडी खोल गर्न चुकेपछि आयोजकले उपाधि हात पारेको हो ।

बिजेता आयोजक साझा क्बले १ लाख १ हजार नगद, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने उपबिजेतामा चित्त बुझाएको वाईसीएलले ५५ हजार ५ सय ५५ रुपैँया नगद मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरेको छ ।

बिजेता टिमलाई समापन समारोहका प्रमुख अतिथि नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो मौसमले पुरस्कार प्रदान गर्नु भएकाे थियाे । सोमबारबाट सुरु भएको प्रतियोगितामा आठ टिमले सहभागिता जनाएकाे आयोजकले जनाएकाे छ।

फाेटाे साैजन्य- गिरिराज बाँस्काेटा

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार  ८ : ४३ बजे