पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

पाँचथर । नेपाल त्रिकोणात्मक श्रङ्खलाको फाईनलमा प्रवेश गरेको छ । मुलपानी क्रिकेट मैदानमा शनिबार आयोजित आफ्नो तेस्रो खेलमा हङकङलाई ७९ रनले पराजित गर्दै नेपाल फाईनलमा प्रवेश गरेको हो ।
टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेक गुमाएर हङकङ सामु २१४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो । हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३४ रन मात्र बनाउन सक्यो । हङकङका अंशुमन रथले सर्वाधिक ४५ रन बनाए पनि अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । नेपालका सोमपाल कामी, करण केसी र ललित राजवंशीले समान २–२ विकेट लिए । यसैगरी दीपेद्र सिंह ऐरी र डेब्युटेन्ट प्रतिश जिसीले १–१ विकेट लिए ।
ब्याटिङ गर्ने क्रममा खराब सुरुवात गरेको नेपालले ९ रन जोड्दा पहिलो विकेटका रुपमा कुशल भुर्तेललाई २ रनमा गुमाएको थियो । तेस्रो नम्बरमा आएका सोमपाल कामी पनि मात्र ८ रनमै आउट भए । त्यसपछि आसिफ शेख २० र कप्तान रोहित पौडेल ११ रनमा आउट भए । यस बेला नेपालले ४ विकेट गुमाएर मात्र ५५ रन बनाएको थियो । तर, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले कीर्तिमानी शतकीय साझेदारी गरे । दुवैले पाँचौं विकेटका लागि १४५ रनको साझेदारी गरे । टी–२० आईमा पाँचौ विकेटका लागि यो नै उच्च साझेदारी हो । कीर्तिमानी साझेदारी गर्ने क्रममा मल्लले ४१ बलमा ९ छक्का र ३ चौकाको मद्दतमा ९२ रन बनाए । ऐरीले ३४ बलको सामना गर्दै २ छक्का र ६ चौका सहित ५७ रन बनाएका थिए ।
तस्विरः क्यान पेज

प्रकाशित मिति : ५ कार्तिक २०८०, आइतबार  १२ : ५४ बजे