पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

पाँचथर । त्रिकोणात्मक श्रृंखलाको दोस्रो खेलमा नेपालद्धारा हङकङ ६ विकेटले पराजित भएको छ । हङकङद्धारा प्रस्तुत ९५ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १३.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
मुलपानी क्रिकेट मैदानमा आयोजित खेलमा कप्तान रोहित पौडेल २० बलमा १ चौका र २ छक्कासहित २५ रनमा नट आउट रहे । गुलशन झा ५ बलमा २ छक्कासहित १४ रनमा नट आउट रहे । ओपनर आसिफ शेखले ३४ बलमा ६ चौकासहित सर्वाधिक ४२ रन बनाए । हङकङका स्पिनर एहसान खानले चौथो ओभरको दोस्रो बलमा कुशल भुर्तेललाई ८ रनमा बोल्ड आउट गरे । खानले कुशल मल्ललाई १ रनमा बोल्ड आउट गरे भने सन्दीप जोरालाई पनि ३ रनमा बोल्ड आउट गरेका थिए । खानले ४ ओभरमा १० रन खर्चेर ३ विकेट लिए । यासिम मुर्तजाले ४ ओभरमा ३६ रन खर्चेर १ विकेट लिए ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङ १९.३ ओभरमा ९४ रनमा अलआउट भएको थियो । मध्यक्रमका ब्याटर यासिम मुर्तजाले ३६ बलमा २ चौका र १ छक्का सहित सर्वाधिक ३६ रन बनाए पनि ठुलो योगफल बनाउन पर्याप्त भएन् । नेपाली बलर सामु हङकङका ९ ब्याट्सम्यानले दोहोरो स्कोर जोड्न सकेनन् । करण केसीको पहिलो बलमै कप्तानलाई गुमाएपछि धर्मराएको हङकङले लगातार विकेट गुमायो । त्यसपछि तेस्रो ओभरको तेस्रो बलमा अंशुमन रथ करणकै बलमा कट बिहाईन्ड भए । चौथो ओभरको अन्तिम बलमा सोमपाल कामीले २ रन जोडेका मार्टिन कोट्जीलाई बोल्ड गरे । पाँचौ ओभरमा करणको बलमा बाबर हायातले ठूलो सट खेल्दा कुशल भुर्तेलको हातबाट क्याच भए । कुनै समय ३३–५ को स्थितिमा रहेको हङकङलाई मुर्तजा र जिशान अलीले ३० रनको साझेदारी गर्दै सम्मानजनक योगफलसम्म पु¥र्याए । जिशानले २० बलमा २ चौकासहित १७ रन जोडे । उनलाई श्याम ढकालले आउट गरे ।
नेपालका लागि करण केसीले ४ ओभरमा १५ रन खर्चेर ४ विकेट लिए । उनलाई अभिनाश बोहोराले २, सोमपाल कामी, कुशल मल्ल र श्याम ढकालले १–१ विकेट लिए ।


सिरिजको पहिलो खेलमा नेपालले युएईलाई ७ विकेटले हराएको थियो । कप्तान रोहितको अर्धशतक र करण केसीको उत्कृष्ट बलिङमा नेपालले त्रिकोणात्मक टि २० आई सिरिजमा युएईलाई हराउँदै विजयी सुरुवात गरेको थियो । काठमाण्डौ स्थित माथिल्लो मुलपानी क्रिकेट मैदानमा आयोजित खेलमा जितका लागि १ सय ४१ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको थियो ।

तस्विरः– क्यान पेज

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  ८ : १८ बजे