पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

फिदिम । पाँचथर जिल्लाको सदरमुकामा फिदिम वजारमा असार १५ र १६ गते जिल्ला स्तरीय बुद्धिचाल प्रतियोगिता सञ्चालन हुने भएको छ । मूख्य आयोजक जिल्ला खेलकुद विकास समिति र आयोजक पाँचथर जिल्ला बुद्धिचाल संघ रहने गरी प्रतियोजिता सञ्चालन हुन लागेको हो ।
शुक्रबार फिदिममा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार प्रतियोगिताको विजेताले रु २५ हजार नगद पुरस्कार पाउने छन् । यसैगरी द्धितीय र तृतीय स्थान हासिल गर्नेले क्रमशः २० र १५ हजार पाउने छन् भने चौथो र पाँचौले क्रमशः १२ र १० हजार पुरस्कार पाउने छन् । प्रतियोगितामा छैटौ स्थान हासिल गर्नेले ९ हजार पाउनेछन् भने सातौं र आठौं स्थान हासिल गर्नेले क्रमशः ८ र ७ हजार नगद पुरस्कार पाउनेछन् ।
पुरस्कार तर्फ नवौं देखि चौधौं स्थानसम्म रहनेले जनही ६ हजार नगद पाउनेछन् भने उत्कृष्ट वयोबृद्ध र उत्कृष्ट जुनियरले समेत समान ६ हजार पुरस्कार पाउनेछन् । यसैगरी, महिला तर्फ प्रथम हुनेले ६ हजार र द्धितीयले ५ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ ।
प्रदेश खेलकुद विकास बोर्डको आर्थिक सहयोगमा सञ्चालन हुने प्रतियोगतामा ५ लाख खर्च हुने जिल्ला खेलकुद विकास समितिका सदस्य सचिव दुस्यान्त बस्नेतले बताए। कुल लागतको पुरस्कार तर्फ १ लाख ६६ हजार र अन्य व्यवस्थापन तर्फ ३ लाख ३४ हजार खर्च हुने उनले जानकारी दिए । प्रदेश बुद्धिचाल संघको प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगिताको पहिलो दिन उद्घाटन सँगै तेस्रो राउण्डसम्मका खेलहरु सञ्चालन हुनेछन् भने दोस्रो दिन चौथो र पाँचौं राउण्डका खेलहरु सँगै समापन गरिने जिल्ला बुद्धिचाल संघका अध्यक्ष विजय बोध लावतीले जानकारी दिए ।
स्थानीय स्तरमा समेत बुद्धिचाल खेलको विकास गर्न प्रदेश खेलकुद विकास बोर्डसँग समन्वय गरी प्रतियोगिता आयोजना गर्न लागिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्तोष मोक्तानले बताए । प्रतियोगितावाट खेलको विकास मात्र नभएर आन्तरिक पर्यटन प्रवद्र्धन मार्फत आर्थिक गतिविधिमा समेत सहयोग पुग्ने अपेक्षा राखिएको उनको भनाई छ ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ३ : २६ बजे