पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

फिदिम । लिम्बू विद्यार्थी मञ्च जिल्ला शाखाले नयाँ नेतृत्व पाएको छ । मञ्चले शनिबार फिदिममा आठौं जिल्ला अधिवेशन सम्पन्न गर्दै नयाँ कार्य समिति चयन गरेको हो ।
नयाँ गठित कार्य समितिको अध्यक्षमा दिपक आङदेम्बे चयन भएका छन । समितिको उपाध्यक्षमा सुजन मादेन, सचिव रोजा जवेगु, सहसचिव मिङसोहाङ लोवा र कोषाध्यक्षमा नितिज आङबो चयन भएका हुन । यस्तै, सदस्यहरुमा ज्योति बेघा, युवेन जवेगु, सुयन आङदेम्बे, भीम चेम्जोङ र मनशोभा शेर्मा निर्वाचित भएका हुन । समितिको अन्य सदस्यहरुमा बसन्ती लावती, सन्जिवनी मादेन र सेसेमा सुहाङ सहित १३ सदस्यीय कार्य समिति सर्वसम्मत रुपमा भएका हुन ।
मञ्चका केन्द्रीय उपाध्यक्ष राम लिङदमको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनको उद्घाटन समारोहमा जिल्ला स्थित विभिन्न विद्यार्थी संघ संगठन तथा सामाजिक संघ संस्थाका प्रमुखहरुले शुभकामाना व्यक्त गरेका थिए । मञ्चको १० औं राष्ट्रिय महाधिवेशन नजिकएसँगै सवै जिल्ला शाखाहरुको अधिवेशन सम्पन्न गर्नु पर्ने भएकाले अधिवेशन आयोजना गरिएको निवर्तमान अध्यक्ष मोतिहाङ केरुङले जानकारी दिएका छन ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  ७ : ३४ बजे