पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा
पाँचथर । रामनवमी पर्व–२०७९ को अवसरमा फिदिम १२ स्थित नांगीनको डेरी वजारमा आज सम्पन्न अन्तरपालिका स्तरीय भलिबल प्रतियोगितको उपाधि याङवरक गाउँपालिकाले हात पारेको छ ।
स्थानीय ज्ञानज्योती सेवा समाज क्लवको आयोजनामा चैत्र १६ देखि सुरु भएको प्रतियोगिताको फाईनल खेलमा फिदिम नगरपालिका– ६ लाई पराजित गर्दै याङवरकले उपाधि हात पारेको हो । याङवरकले फिदिमलाई २५–१५, २५–११ र २५–१९ को सोझो सेटमा पराजित गरेको हो । प्रतियोजितामा फालेलुङ गाउँपालिका २ ले तृतीय स्थान हासिल गर्यो । अंशुभञ्ज्याङका खेलाडीहरु तोकिएको समयमा उपस्थित हुन नसकेपछि वाकओभरका माध्यमवाट फालेलुङलाई सो स्थानका लागि विजेता घोषण गरिएको थियो ।
प्रतियोगिताको विजेता याङवरकले ८० हजार नगद, ट्रफि, मेडल र प्रमाण पत्र हात पार्यो । यसैगरी, उपविजेता फिदिमले ४० हजार नगद, मेडल र प्रमाण पत्र हात पा¥र्यो भने तृतीय स्थान हासिल गरेको फालेलुङले २० हजार नगद, मेडल र प्रमाण पत्रमा चित्त बुझायो ।
विजेता खेलाडीहरुलाई फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले सहितका अतिथिहरुले पुरस्कार वितरण गर्नु भयो । समापन समारोहमा प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने दाताहरुलाई समेत प्रशंसा पत्र वितरण गरिएको थियो ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  ७ : ३९ बजे