पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम । फिदिम नगरपालिका १० मा राप्रपाका होमराज थाम्सुहाङ बिजयी बनेका छन् । उनले निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसकी बिरहाङ्मा थाम्सुहाङलाई ५८ मतले पराजित गर्दै निर्बाचित भएका हुन ।

थाम्सुहाङले ६ सय ३२ मत प्राप्त गर्दा बिरहाङ्माले ५ सय ७४ मत प्राप्त गरेकी हुन् । बिरहाङ्मा निबर्तमान बडाध्यक्ष समेत हुन् । यो वडा नेपाली कांग्रेस पाँचथरका सभापति रुपनारायण जबेगुको वडा समेत हो ।

सदस्यमा नेपाली कांग्रेसका लेन्जो योक्पान्देन, मणिकुमार थाम्सुहाङ, सुस्मिता रम्तेल र सुमन हाङसुरुम्बा विजय भएका छन ।

होमराज नेकपा एमाले गठबन्धनका उमेद्वार हुन ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ६ : ४५ बजे