पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

पाँचथर । उत्तर–दक्षिण कोरिडोरहरु मध्ये सबैभन्दा छोटो दूरीको सडक तमोर कोरिडोर कालोपत्रेको काम यथाशीघ्र सुरुआत गर्नुपर्नेमा पाँचथरबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री वसन्तकुमार नेम्वाङले जोड दिनुभएको छ ।

मदन भण्डारी राजमार्ग (हेटौंडा–धरान) तथा तमोर कोरिडोर सडक स्थलगत अवलोकन गर्दै नेम्वाङले द्रूत गतिमा अगाडि बढेको निर्माण कार्यलाई निरन्तरता दिँदै कालोपत्रेको कार्य अगाडि बढाउन सरकार समक्ष माग गर्नु भएको हो ।भारतसँगको सीमा रानी भन्सार तथा चीनसँगको सीमा टिपताला नाकालाई छोटो दूरीमा जोड्ने तमोर कोरिडोरको ट्र्याक खोल्ने तथा ग्रावेल गर्ने कार्य करीब पूरा भएको आफूले पाएको वताउँदै नेम्वाङले छिटो भन्दा छिटो कालोपत्रेको कार्य अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको हो ।

पूर्वी पहाडलाई जोड्ने विभिन्न सडकहरु निर्माण भइरहेका अवस्थामा नेम्वाङ भौतिक पूर्वाधार तथा यातायात मन्त्री वनेपछि सबै सडकहरुलाई तमोर कोरिडोर सडक आयोजनामा रुपान्तरण गरी सबैभन्दा छोटो दूरीको उत्तर–दक्षिण सडकका रुपमा अगाडि बढाउनुभएको थियो । मुलघाट–माझीटार सडक, माझीटार–दोभान सडक तथा सुकेटार–ओलाङचुङगोला सडक निर्माण भइरहेकामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली तथा तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री नेम्वाङले पहल लिई आर्थि वर्ष २०७६र०७७ मा तमोर कोरिडोर सडक आयोजना बनेको थियो ।

११० किलोमिटर लम्बाई रहेको तमोर कोरिडोरको मुलघाट–सुभाङखोला खण्डको ग्रावेलको काम समेत करीब सम्पन्न भएको छ । यस्तै सुभाङखोलादेखि ताप्लेजुङको थिवासम्मको ४९ किलोमिटर सडक आर्थिक वर्ष ०७७र०७८ मा टेण्डर भई ट्र्याक खोल्ने र ग्रावेल गर्ने कार्य सुरु भएको छ । यस्तै थिवाबाट ओलाङचुङगोला खण्डमा दुई किलोमिटर ट्र्याक खुल्नेवित्तिकै तमोर कोरिडोर करीब सुचारु हुन्छ । तमोरको किनारैकिनार निर्माण गरिएको यो सडकको चौडाई १० मिटर रहेको छ ।

“११० किलोमिटर सडक कालोपत्रेका लागि कूल लागत पाँच अर्ब ६४ करोड हुने गरी बहुवर्षीय योजनाका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट योजना आयोग र अर्थ मन्त्रालयमा स्वीकृतिका लागि प्रस्ताव गएको छ”, पूर्वमन्त्री नेम्वाङले भन्नुभयो, “यस सडकको महत्व, पूर्वी पहाडबासीलाई पुग्ने सुविधा तथा छोटो दूरीको त्रीदेशीय सडक सञ्चालनका लागि चाँडो भन्दा चाँडो कालोपत्रेको काम अगाडि बढाइनु आवश्यक छ ।”

बहुवर्षीय ठेक्काका लागि रकम ब्यवस्थापनमा सबै पक्षको ध्यान जानुपर्नेमा जोड दिँदै नेम्वाङले यो सडकलेकै माध्यमबाट भारतका दुई तथा चीनको एक नाकासँग ब्यापारिक सम्बन्ध स्थापित हुने समेत जानकारी दिनुभयो । “तमोर कोरिडोरले रानी भन्सार र टिपताला नाकालाई जोड्छ नै”, नेम्वाङले भन्नुभयो, “सुभाङखोलाबाट पुष्पलाल ९मध्यपहाडी० लोकमार्गको गणेशचोक जोड्ने अर्को सडकले गणेशचोक–च्याङथापू हुँदै चिवाभञ्ज्याङलाई समेत जोड्दछ ।”

यस्तै तमोर कोरिडोरले मुलघाटबाट कोशी राजमार्ग, चतरा हुँदै मदन भण्डारी राजमार्ग तथा विपी राजमार्ग समेत जोड्ने हुनाले प्रदेश नं। १ का अधिकांश जिल्लाहरु तराई तथा संघीय राजधानी काठमाण्डौंसम्म पूर्वी पहाडको दूरी आधा भन्दा बढी घटाउने हुनाले सरकारले यो सडकलाई प्राथमिकतामा राख्नुपर्ने उहाँको माग छ ।

प्रदेश नं। १ धेरै जिल्लालाई मूख्य सडकले जोड्ने तथा त्रीदेशीय ब्यापारको आधार तयार पार्ने हुनाले समेत यो सडक निर्माण सबै प्रदेशवासीको चासोको विषय रहेको नेम्वाङले वताउनुभयो । तमोर कोरिडोरअन्तर्गत पर्ने सबै सडक पुलहरु निर्माणको प्रक्रिया समेत चाँडो सुरुआत गरिनुपर्ने र ग्रावेल निर्माण भइसकेका स्थानमा कालोपत्रे निर्माणको प्रक्रिया अगाडि बढाउन सरकारले बजेट सुनिश्चित गर्नुपर्ने उहाँको भनाई छ । “तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्राथमिकतामा राखे जसरी नै सबै सरकारहरुले तमोर कोरिडोरलाई ध्यानमा राखी काम अगाडि बढाउनु पर्छ”, उहाँले भन्नुभयो ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  १० : ३६ बजे