मध्य युरोपको अस्ट्रियाको दोस्रो ठूलो सहर ग्राजस्थित बन्डेस-ओबरस्तुफेनरियलजिम्नाजियम ड्रायर्स्युट्जेनगासे माध्यमिक विद्यालयमा मंगलबार भएको गोलीकाण्डमा ज्यान गुमाउनेकाे संख्या ११ पुगेकाे छ। यो अस्ट्रियाको हालसम्मकै सबैभन्दा घातक गोलीकाण्ड मानिएको छ। अस्ट्रियाले यो घटनालाई ‘राष्ट्रिय त्रासदी’ भन्दै तीन दिनको शोक घोषणा गरेको छ। पीडितप्रति श्रद्धाञ्जली अर्पण गर्न बुधबार